फेरी देखियो बाँकेको नरैनापुरमा कोरोना’

  नेपालगन्ज, बाँकेको नरैनापुर गाँउपालिकामा पुन: कोरोना संक्रमण देखिएको छ । केही समय पहिले कोरोनाको हट स्पट बनेको नरैनापुरमा केही समययता संक्रमण देखिएको थिएन । करिब १ महिनापछि नरैनापुरमा पुन संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ ।

आईत्बार भेरी अस्पतालमा गरीएको परिक्षणमा बाँकेका ८ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये सबैभन्दा बढि नेपालगन्जका ३ वर्षिय बालिकासहित ५ जना, कोहलपुरका २ महिला र नरैनापुरका १ महिला रहेका छन ।