थप ८१८ जनामा कोरोना संक्रमण, नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ९३५

काठमाडौँ,नेपालमा पछिल्लो २४ घण्टामा थप ८१८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १८ हजार ६३१पुगेको छ । पछिल्लो २४ घण्टामा थप २८१ जना उपचारपछि डिस्चार्ज भएका छन् । ५८ प्रतिशत संक्रमित निको भएका छन् ।

मुलुकभर १३ हजार २५५ सक्रिय सङ्क्रमित छन् । आज नेपालमा ८ हजार २६ जनाको पिसिआर विधिबाट नमूना परिक्षण गरिएको छ । अहिले क्वारेन्टाइनमा ११ हजार ४१४ रहेका छन् । होम आइशोलेशनमा ३ हजार ९४३ जना रहेका छन् ।