कोरोना भाइरस संक्रमणबाट रुपन्देहीमा दुई जनाको मृत्यु

रुपन्देही, कोरोना भाइरस संक्रमणका कारण रुपन्देहीको बुटवलमा दुई जनाको ज्यान गएको छ ।

बुटवल उपमहानगरपालिका– १ कि ६७ वर्षकी महिलाको आइतबार दिउँसो १ बजे र समरीमाई गाउँपालिका– २ का ३८ वर्षका पुरुषको दिउँसो सवा १ बजे मृत्यु भएको प्रदेश–५ को स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

 

उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो