काठमाडौं उपत्यकामा फेरि थपिए १६६ कोरोना संक्रमित

काठमाडौं,काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १६६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ गरी उपत्यकामा १६६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

हाल देशभर १३ हजार १५५ जना सक्रिय संक्रमित रहेका छन् भने ९ हजार २१२ जना संस्थागत आइसोलेशनमा रहेका छन् । यस्तै होम आइसोलेसनमा ३ हजार ९४३ जना रहेका छन् ।