सर्वहित सहकारीको कार्यालय भवन उद्घाटन, आफ्नै भवनबाट सेवा दिन सुरू

भालुवाङ,  दाङ देउखुरीको राप्ती गाउँपालिका ४ श्रीनारायण चोक माैरीघाटमा रहेको सर्वहित बचत तथा ऋण सहकारी संस्थाको नवनिर्मित कार्यालय भवनको शुक्रबार उद्घाटन गरिएको छ । नवनिर्मित भवनको वरिष्ठ चन्दादाता बुद्विप्रकाश चाैधरी र भरथरी चाैधरीले रिवन काटेर उद्घाटन गरेका हुन्। उद्घाटनसँगै सहकारीले नयाँ भवनबाटै सेवा दिन सुरु गरेको छ।

भवन निर्माणमा विभिन्न दाताबाट र सहकारी कोषबाट गरि हाल सम्म ३९ लाख २२ हजार १ सय ४ रुपैयाँ खर्च भएको सहकारीका अध्यक्ष राजेन्द्र चाैधरीले जानकारी दिएका छन्। २०७२ सालमा १० लाख ५० हजार रुपैयाँमा खरिद गरिएको १०१.५० वर्ग मिटर जग्गामा सहकारीले नयाँ भवन निर्माण गरेको हो। २ तल्ला भवनमा तल्लो तलामा कार्यालय सञ्चालन र माथिल्लो तलामा सभाहल सहितको भवन बनेपछि सेवा प्रदानमा सहज हुने अध्यक्ष चाैधरीले जानकारी दिएका छन्।

२०६९ साल माघ २ गते स्थापित सहकारीमा स्थानीय १ हजार ४ सय सेयर सदस्य रहेका छन् भने पाैने ८ करोड रुपैयाँ कारोबार भइरहेको संस्थाका व्यवस्थापक शिशिर चाैधरीले जानकारी दिएका छन् । संस्थाका अध्यक्ष राजेन्द्र चाैधरीको अध्यक्षता एवम् वरिष्ठ चन्दादाता बुद्विप्रकाश चाैधरी र भरथरी चाैधरीको विशिष्ट अातिथ्यतामा भएको भवन उद्घाटन कार्यक्रममा साना व्यपारी समुहका अध्यक्ष रामबहादुर केसी, समाज सुधार कृषि समुहका सचिव प्रेमबहादुर केसी, संस्थाकी निवर्तमान उपाध्यक्ष उमा चाैधरी, पत्रकार ओमप्रकाश गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा वरिष्ठ चन्दादाता बुद्विप्रकाश चाैधरी र भरथरी चाैधरीलाई सम्मान गरिएको थियो भने संस्थाबाट विदाई भएर जान लागेकी उपाध्यक्ष उमा चाैधरीलाई मायाको चिनो प्रदान गरि बिदाई गरिएको थियो ।