दाङमा किसान उद्यमी युबाहरु राजमोमा प्रवेश

दाङ, दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ९ का किसान उधमी युबाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छ्न् । लामो समय सम्म विभिन्न पार्टीमा रहेका युवाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका हुन् ।

भोलानाथ शर्माको नेतृत्वमा ओबीराम भण्डारी, दामोदर भण्डारी, सुबास बन्जाडे र खेतुलाल भण्डारी राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्दै युबाहरुले आफ्नो ठाउँमा व्यापकस्तरमा संगठन बिस्तार गर्नुपर्ने बताएका थिए । राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष गणेश आचार्यले सैद्धान्तिक तथा राजनीतिक विचारद्वारा मोटिभेसन गरेपछि युबाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गर्न तयार भएका हुन् ।

पार्टीका जिल्ला अध्यक्ष गणेश आचार्यले नब प्रबेसिहरुलाई पार्टीको सदस्यता दिंदै आस्था र निष्ठाको राजनीति गर्दै समाज रुपान्तरण गर्नु पर्ने र कृषि उधमलाई ब्यबस्थित र बैज्ञानिक बनाउदै युबाहरुलाई स्वरोजगार  बनाउने र स्वाभिमानको राजनीतिलाई अगाडी बढाउने बताएका थिए ।