माधव नेपालका आधा दर्जन बढि अंगरक्षकलाई कोरोना संक्रमण

काठमाडाैँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधव नेपालका आधा दर्जन बढि अंगरक्षकलाई कोरोना संक्रमण देखिएकाे छ ।  माधवकुमार नेपालका ७ अङ्गरक्षकलाई कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको हाे ।

पूर्वप्रधानमन्त्री नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार पूर्वप्रधानमन्त्री नेपालका सबै परिवार उनको सुरक्षामा खटिएका सशस्त्र प्रहरीको स्वाब परीक्षण गर्दा अङ्गरक्षकहरूको मात्र कोरोना पोजिटिभ देखिएको हो ।

बिहीबार गरिएको परीक्षणको आज प्राप्त रिपोर्ट अनुसार पूर्वप्रधानमन्त्री नेपाल सहित अन्य सबैको नेगेटिभ आएको गौतमले जानकारी दिए । अङ्गरक्षकलाई कोरोना पोजिटिभ देखिएलगत्तै उनीहरूलाई आइसोलेसनमा राखिएको स्वकीय सचिव गौतमले बताए ।