पर्सामा थप ५४ जनामा कोरोना पुष्टि

काठमाडौँ , पर्सामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले फेसबुक पेज मार्फत दिएको जानकारी अनुसार ४७ पुरूष र ७ महिला गरी ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

संक्रमित सबै पर्साका हुन् । त्यसमध्ये पर्सागढी नगरपालिकाका विभिन्न वडाका २५ जना, वीरगञ्ज महानगरपालिका विभिन्न वडाका १६ जनासहित सखुवा प्रसौनी, पटेर्वा सुगौली लगायतका स्थानका छन् ।