पर्सामा कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु

पर्सामा मृतकको संख्या २८

पर्सा, कोरोना भाइरस संक्रमणबाट पर्साको वीरगञ्जमा थप दुई जनाको ज्यान गएको छ । वीरगञ्ज महानगरपालिकामा पर्ने सुगौली विर्ता घर भएका ५८ वर्षीय र बहदुरमाई नगरपालिकाका ६१ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

उनीहरुको वीरगञ्जस्थित नारायणी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्यकर्मीहरुले जानकारी दिएका छन् । उनीहरु दुबैको कुनै पनि ट्राभल हिस्ट्री नभएको पारिवारले जानकारी दिएका छन् । योसँगै वीरगञ्जमा कोरोना संक्रममणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

योसँगै पर्सामा कोरोना संक्रमित २८ जना व्यक्तिको मृत्युु भएको छ।