थप ६३४ जनामा कोरोना संक्रमण, नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ११७

काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १८ हजार ३५० पुगेको छ । पछिल्लो २४ घण्टामा थप १३६ जना उपचारपछि डिस्चार्ज भएका छन् । ५९ प्रतिशत संक्रमित निको भएका छन् ।

मुलुकभर १२ हजार ६२१ सक्रिय सङ्क्रमित छन् । आज नेपालमा १२ हजार ५१९ जनाको पिसिआर विधिबाट नमूना परिक्षण गरिएको छ । अहिले क्वारेन्टाइनमा ११ हजार ६५८ रहेका छन् । होम आइशोलेशनमा ३ हजार ९१६ जना रहेका छन् ।