नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

काठमाडौँ, नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । शनिबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । आज मृत्युपुष्टि हुनेमा सुनसरीकी ६ वर्षिया बालिका समेत रहेकी छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४६ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ। १३६ जना संक्रमण मुक्त भएका छन् ।