अल्पज्ञानी मानसिकता र परिवर्तनको चाहना

कम्युनिष्टहरूको सत्तामोहले दुई फरक धारमा राजनिति गर्दै आएका नेकपा एमाले र नेकपा माओबादी केन्द्रबीच सत्ताको भागवन्डा गर्न बनेको नेकपा अहिले स्वार्थै स्वार्थको भुमरीमा अलमलिदै फुटको संघारमा छ । दुई वटा पाईलट द्वारा गुडिरहोको जहाजमा यात्रा गरिरहेका ८ लाख यात्रुहरु दुर्घटनामा परि अहिले कोमामा रहेको नेकपा भेन्टिलेटरको सहारामा उच्च रक्तचापको रोगी झै घिटिघिटि अन्तिम श्वास फेरिरहेकोले यसका १३ दिने सहगोत्रीहरु कुनै पनि वेला मलामी जानुपर्ने अवस्था नआउला भन्ना सकिँदैन ।

बिगत देखि बर्तमान सम्मको राजनितीक अस्थिरता, भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवाद विरुद्धको विध्यार्थी काल देखिको सुगा रटान र हामी देश भक्त हौं , हामी गरिव निमुखा जनताको प्रतिनिधि हौं भनि व्यापार गर्दै अाएका कम्युनिस्टहरुको व्यापार र उखान टुक्का र हावा गफ दिने नेकपा अध्यक्ष केपी वलीको समुन्द्रमा नेपाली झन्डावाल पानी जहाज र चायनिज रेल नेपालमा कुदाउने बकमफुसे सपनाले २०७४ सालको निर्वाचनमा कम्युनिस्टहरू सफलता हात पार्दै झन्डै दुई तिहाई बहुमत नजिकको प्रचण्ड बहुमत प्राप्त गरी नेकपा अध्यक्ष के. पी वलीको नेतृत्वमा कम्युनिस्ट सरकार बन्यो ।

सरकार बनेको अढाई बर्ष नपुग्दै कम्युनिस्ट सरकारमा सहभागी मन्त्रीहरुको दर्जनौ भ्रष्टाचारको कान्डै कान्ड पश्चात कमाउनिष्ट सरकारको रुपमा परिणत हुन समय लागेन । भ्रष्टाचारले मुलुक दलदलमा फसिसकेको अवस्थामा समेत बिश्वब्यापी कोरोना संक्रमण कोभिड- १९ को अौषधि र इक्विपमेन्ट खरिद गर्दा समेत भ्रष्टाचार गर्न पछि नपरेको कम्युनिस्ट सरकार गरिव र असहाय नागरिकको स्वास्थ अवस्थाको ख्याल गर्नुको साटो लकडाउनलाई सत्ता कवचको रुपमा प्रयोग गर्दै गर्दा दस अरव भ्रष्टाचार कान्डले लकडाउनको बन्दाबन्दी अवस्थामा समेत जनता सडकमा अाउन बाध्य भए ।

सदियौं देखि परिवर्तनको चाहना बोकेका मुक्तिगामी नेपाली जनता परिवर्तनको नाममा नरसंहार मचाएका झापा कान्डका नाईके र १० वर्षिय जनयुद्धका नाईके दुवैले कुदाईरहेको नेकपा रुपी जहाजको अवसान हुनैलाग्दा , रमिते बनि हेरिरहेका नेपाली जनता धोखा पाएको महशुस गर्दै स्वार्थी चरित्र र पश्चागामी एवं अल्पज्ञानी मानसिकताले ग्रसित नेतृत्व न त मुलुकको हित गर्न सक्छ न त जनताको परिवर्तनको चाहना पुरा गर्न सक्छ भन्ने महशुस गरेको छ ।