कोरोना नियन्त्रण गर्न १३ अर्ब ३६ करोड रुपैयाँ खर्च !

प्रदेश र स्थानीय तहले सके साढे सात अर्ब

काठमाडाैँ, सरकारले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणका लागि साउन मसान्तसम्मको खर्च विवरण सार्वजनिक गरेको छ । शुक्रबार मन्त्रिपरिषद्का निर्णया सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थ/सञ्चार तथा सूचनाप्रविधिमन्त्री डा. युवराज खतिवडा १३ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी रकम खर्च भएको विवरण सार्वजनिक गरेका हुन ।

डा. खतिवडाका अनुसार गत चैतबाट साउन मसान्तसम्म कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले १३ अर्ब ३६ करोड ७० लाख रुपैयाँ बराबरको खर्च भएको बताए । कोरोना नियन्त्रण तथा रोकथामका लागि संघीय सञ्चित कोषबाट ५ अर्ब ८५ करोड रुपैयाँ खर्च भएको उनले बताए । जसअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रलायबाट २ अर्ब १७ करोड, रक्षा मन्त्रालयबाट २ अर्ब ३७ करोड, गृह मन्त्रालयबाट २० करोड ८३ लाख, परराष्ट्र मन्त्रालयबाट ६ लाख, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ४ करोड ४९ लाख र सहरी विकास मन्त्रालयबाट १ करोड २९ लाख रकम खर्च भएको छ । कोभिड कोषबाट यस्तै १ अर्ब ३ करोड विभिन्न निकायलाई दिइएको उनले बताए ।

यस्तै, प्रदेशहरूबाट झण्डै डेढ अर्ब खर्च भएको छ । मन्त्री खतिवडाले १ अर्ब ४९ करोड ७० लाख रुपैयाँ खर्च भएको बताए । उनका अनुसार प्रदेश १ मा २० करोड ७१ लाख, प्रदेश २ मा १७ करोड २ लाख र बागमती १३ करोड ६७ लाख रुपैयाँ खर्च भएको छ । यस्तै, गण्डकी प्रदेशमा १४ करोड ५४ लाख, प्रदेश ५ मा १० करोड ५९ लाख, कर्णाली प्रदेशमा २६ करोड २६ लाख र सुदूरपश्चिम प्रदेशमा ४२ करोड ४८ लाख रुपैयाँ खर्च भएको उनले बताए ।

यस्तै, स्थानीय तहबाट ६ अर्ब २ करोड रुपैयाँ खर्च भएको छ । सबै रकम औषधि, स्वास्थ्य सामग्री खरिद, जनशक्ति व्यवस्थापन र क्वारेन्टाइन व्यस्थापनमा खर्च भएको उनले बताए ।

प्रदेश र स्थानीय तहले सके साढे सात अर्ब 

यस्तै प्रदेशहरूबाट झण्डै डेढ अर्ब खर्च भएको छ। मन्त्री खतिवडाले १ अर्ब ४९ करोड ७० लाख रुपैयाँ खर्च भएको बताए। उनका अनुसार प्रदेश नम्बर १ मा २० करोड ७१ लाख, प्रदेश नम्बर २ मा १७ करोड २ लाख र बागमती १३ करोड ६७ लाख रुपैयाँ खर्च भएको छ । यस्तै गण्डकी प्रदेशमा १४ करोड ५४ लाख, प्रदेश नम्बर ५ मा १० करोड ५९ लाख, कर्णाली प्रदेशमा २६ करोड २६ लाख र सुदूरपश्चिम प्रदेशमा ४२ करोड ४८ लाख रुपैयाँ खर्च भएको उनले बताए। स्थानीय तहबाट ६ अर्ब २ करोड रुपैयाँ खर्च भएको छ। सबै रकम औषधि, स्वास्थ्य सामग्री खरिद, जनशक्ति व्यवस्थापन र क्वारेन्टिन व्यवस्थापनमा खर्च भएको उनले बताए।