एनआरएनए दुबईका पदाधिकारीद्वारा आरोपको खण्डन

काठमाडाैँ, केहि दिनयता युएईस्थित एनआरएनएभित्र मच्चिएको  किचलोकाे पधादिकारी टिमले खन्डन गरेकाे छ । केही समय अघिका  घटनालाइ लिएर एनआरएनए युएईको दुबई क्षेत्रीय उपाध्यक्ष निराजन खत्रि र एनआरएनएका एनआरएनए युएईको दुबई क्षेत्रीय अध्यक्ष   भिम बहादुर मल्लले उक्त कुराकाे खण्डन गरेका हुन ।

उनिहरूले  वास्तविक कुरा नबुझी केही मिडियाहरुले आरोप लगाएकाे बताएका छन । केहि मिडियाले हाम्राे बास्तविक कुरा नबुझी  चरित्र हत्या गर्न खोजियो उनिहरुको भनाई छ ।  यो घटनालाइ लिएर विभिन्न टीका टिप्पणीहरु भइरहेको छन  । वास्तविक कुरा नबुझी केही मिडियाहरुले एकतर्फी आरोप लगाइराखेकाे बताएका  छन । 

आखिर के भएको थियो त्यो दिन ?

“गत शुक्रबार बेलुका राती ९ बजे पीडितहरु ले मलाइ फोन गरे अनि भने हामीले एजेन्ट स्याम थापालाई समातेर ल्याएका छौं तपाईं आउनुस र हाम्रो पासपोर्ट र हाम्रो फसेको पैसा को लागि कुरा गर्दिनुस भनिसकेपछि मैले युएईका केन्द्रिय अध्यक्ष प्रकाश् कोइरालालाई यो कुरा जानकारी गराएँ र मैले प्रकाश् कोइरालालाई भनेँ प्रकाश् सर मलाइ पीडितहरु ले न्याय दिलाइदिनुस, हामिले एजेन्टलाई समातेर ल्याएका छौँ हजुर आएर मिलाइदिनु पर्यो भनेका छन ल भन्नुस म के गरौं भनेर केन्द्रिय अध्यक्ष प्रकाश् कोइरालालाई जानकारी गराइसकेपछी प्रकाश् कोइरालाले हुन्छ । जानुस पहिले कुरा बुझ्नुस अनि पीडितहरु को पासपोर्ट फिर्ता गराउनुस र एजेन्ट को पनि पासपोर्ट राख्नुस भनिसकेपछि म भिम मल्ल ठकुरि र निराजन खत्री भएर घटना स्थल मा गयौं।

त्यहाँ जाँदाखेरी २० जना पीडितहरु र एजेन्ट स्याम थापा बसिरहेका थिए अनि मैले के भएको हो कति पैसा लिएको भनेर एजेन्टलाई सोधपुछ गर्दै जाँदा लगभग ६३ जना नेपालीहरुलाई युके। पठाँउछु भन्दै एकजना बराबर ९ लाखको दरले स्याम थापाले पैसा लिएको पीडितहरु ले बताए र अहिले को यस्तो अबस्थामा युके लैजान नसक्ने बरु यहि दुबईमा राम्रो काम लगाइदिन्छु भनेर नक्कली भिसा, नक्कली जब अफर लेटर दिएको रहेछ र काम लगाउने भन्दै आफू सम्पर्कबिहिन हुँदै जाँदा त्यो दिन २० जना जतिको पासपोर्ट मैले त्यो एजेन्ट स्याम थापासङ्गबाट फिर्ता गराइ दिँए र यो कुरा पनि मैले त्यति बेला घटना स्थलबाट केन्द्रिय अध्यक्ष प्रकाश कोइराला लाई जानकारी पनि गराएको थिएँ। तर म भिम मल्ल ठकुरि र निराजन खत्रीको नाम र सामाजिक सँस्था लाई जोडेर जुन मिडियाले हामी लाई जुन दलाल सङ्ग मिलेको आरोप लगाएको छ त्यो शतप्रतिसत गलत छ। किन कि वास्तविक कुरा के हो भनेर नबुझिकन यसरी लेख्नु गलत छ।

कसैको मनोभावना मा बगेर कसैको ब्य्क्तिगत जीवन मा आँच आउने अभिव्यक्ति आउनु राम्रो होइन किन कि हामि सबै सङ्ग ब्यक्ति, परिवार , समाज र रास्ट्र छ। सबैको ईज्जत् हुन्छ। तर यो घटना ले म स्यम भिम मल्ल ठकुरि र निराजन खत्री माथी एजेन्ट सङ्ग मिल्यो, संरक्षण गर्यो भन्ने जुन आरोप आएको छ यो सरासर गलत र खेद्पुर्ण छ।

्जुरन दिन त्यो घटना भयो त्यो नहुनु पर्ने थियो यो घटना हुदाँ म आफू पनि अति नै दुखी छु किन कि मैले आज सम्म जहिले पनि न्याय को लागि लडिरहने ब्यक्ति हुँ। हरेक घटना घटनु को पनि कारण हुन्छ र म स्यम घटना स्थलमा भएको कारण ले र मैले बुझेको कुरा भन्नू पर्दा जुन स्याम थापा एजेन्ट छ ।

त्यस्ले मनोहर के सि र टीकाराम बोहोरा लाई पनि पीडित बनाएको रहेछ र अहिले आएका नयाँ पीडित हरु लाई स्याम थापा को कम्पनी मा राम्रो छ आउनुस हामिले पनि काम गरिरहेका छौँ तलब पनि पाइराखेका छौं तपाईंहरु ढुक्क भएर आउँदा हुन्छ भनेर मनोहर केसि ले अहिले का नयाँ पिडित हरु लाई भनेको हुँदा जुन रजिन बिस्वकर्मा र केदारमान श्रेस्ठ लाई मनोहर ले स्याम को कम्पनी मा आउन को लागि झुठो बोलेको कारण ले रिस र आवेश मा आएर पीडित पीडित बिच हातापाइ भएको हो।

जुन नहुनु पर्ने थियो हातापाइ भैसकेपछि हामिले छुट्टाँयौँ र नेपाली नेपाली बिच यस्तो लडाइँ झगडा गर्नु हुँदैन भनेर सम्झायौँ र मैले भनेको यहि हो कि तपाईं हरु दुबै पक्ष पीडित नै हो मिल्नुस सकेसम्म भनेको हो मैले अनि मनोहर केसि र टीकाराम बोहोरा ले नमिल्ने भने पछि मैले भनेँ कि मिल्नुस यदि नमिल्ने हो भने पुलिस बोलाउनुस भनेर मैले भनेको हुँ त्यति भन्दै गर्दा पुलिस को गाडी र एम्बुलेन्स सङ्गै आयो त्यो आउनु भन्दा अगाडि नै झगडा हुँदै गर्दा त्यो स्याम थापा एजेन्ट पनि भागिसकेको थियो र पिटने ब्यक्ति हरु पनि पुलिस आउनु भन्दा अगाडी नै निस्किसकेको थिए।

अन्तिम मा म स्वम भिम मल्ल र निराजन खत्री अन्तिम समयसम्म बसेर स्थानीय प्रशासनसङ्ग त्यहाँ भएको घटना को वास्तबिकता बतायौँ। त्यसपछि टीकाराम बोहोरालाइ जुन चोट लागेको थियो एम्बुलेन्स ले हल्का टिटमेन्ट गरेर केस ठुलो होइन तिमी आफै हस्पिटल जाउ भन्यो र यदि आफू आफू मिले ठिक छ यदि पुलिस केश गर्ने हो भने हस्पिटल को पत्र लिएर आउ भोलि भनेर पुलिस र एम्बुलेन्स गयो। र हामी पनि आफ्नो रुम तिर लाग्यौं।

तर अर्को दिन उज्यालो नेट्वोर्कले जुन समाचार लेख्यो त्यो के कुराको आधार मा लेख्यो रु स्याम थापा त्यो दलाल सङ्ग त्यहि दिन मात्र पीडितलाई न्याय दिन जाँदा भेट् भएको हो न त उसको नाम कहिले सुनेको थिएँ नत कहिले भेटेको थिएँ ।”  नेपाल एशोशिएसन एनआरएनएका उपाध्यक्ष निराजन खत्रि र भिम बहादुर मल्लमाथि बिना कसुर ओरोप लगाईएको थियो  । सो आरोपको खण्डन गर्दै खत्रि र मल्लले ध्यानाकर्षन गराएका छन ।