एसईई परिक्षाको नतिजा सार्वजानिक हुदै

काठमाडौँ ,  राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा आजै(सोमबार) प्रकाशित गर्ने तयारी छ ।जसको लागि परिक्षाको बोर्डको बैठक बसीरहेको छ । कुनै प्राविधिक त्रुटी भएन भने परिक्षाफल आजै सार्वजनिक गरिने नत्र मंगलबार गर्ने बोर्डको तयारी छ ।

बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले बोर्डको बैठकले यस वर्षको एसईई परीक्षाको नतिजा प्रमाणीकरण गर्ने निर्णय गरेको जानकारी दिए ।विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा बोर्डले प्रमाणीकरण गरेपछि नतिजा सार्वजनिक गर्ने प्रावधान छ ।बोर्डले १० दिनअघि नै विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा नतिजा तयार पारेको थियो ।

नतिजा प्रकाशित गर्दा विद्यार्थीको चहलपहल बढ्ने र कोरोना संक्रमण झनै फैलन सहयोग पुग्ने भन्दै रोकिएको थियो ।बोर्डले परीक्षा नियन्त्रण कार्यालय कक्षा १० लाई नतिजा प्रमाणिकरणको अन्तिम तयारी गर्न निर्देशन दिइसकेको छ ।यसवर्षको एसईई परीक्षामा ४ लाख ८२ हजार परीक्षार्थी थिए ।

कोरोना भाइरसका कारण बोर्डले परीक्षा सञ्चालन गर्न सकेन । मन्त्रिपरिषदको निर्णयअनुसार विद्यालयले लिएको अन्तिम परीक्षाको आधारमा विद्यार्थीको नतिजा बोर्डले प्रमाणित गरेपछि नतिजा सार्वजानिक हुने छ ।