कोहलपुरको बागेश्वरी क्याम्पसमा नेबिसंघद्धारा तालाबन्दी

कोहलपुर, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले बाँकेको बागेश्वरी क्याम्पसमा तालाबन्दी गरेको छ ।सोमबार संगठनका इकाई सभापती रामप्रसाद पाण्डेले एक विज्ञप्ति जारी गर्दै विश्वविद्यालयको शैक्षिक सुधार र हकहितमा उठाएका जायज मागहरुलाई व्यवस्था गरी आन्दोलनरत विद्यार्थीहरु माथि राज्यद्वारा गरिएको गिरफ्तारी, दमन र धरपकडको बिरुद्ध क्याम्पसमा तालाबन्दी गरिएको वताइएको छ ।

सभापति पाण्डेले गिरफ्तार गरिएका आफ्ना विद्यार्थी नेताहरुको रिहाइको माग गर्दै संगठनको के देशैभरका क्याम्पसहरुमा तालाबन्दी गर्ने केन्द्रीय योजनाअनुसार बागेश्वरी क्याम्पसमा पनि तालाबन्दी गरिएको वताएका छन् ।

त्रिविले आफ्ना माग सुनुवाई नगरेको विरोधमा उपकुलपति कार्यालय लगायतमा नेविसंघले तोडफोड गरेपछि आठ जना पक्राउ परेका थिए । नेविसंघले भने शान्तिपूर्ण आन्दोलनमा सहभागी नेविसंघ नेताहरूलाई झुट्टा मुद्दा लगाइएको वताउदै आएको छ ।

यस्तो छ विज्ञप्ति