पराजित हुँदै युरोपा लिगबाट बाहिरियो 

काठमाडौं , म्यानचेष्टर युनाइटेड युरोपा लिगबाट पराजित हुँदै बाहिरिएको छ । गएराति भएको सेमिफाइनलको खेलमा सेभियासँग २–१ गोलअन्तरले पराजित भएको थियो ।

खेलको नवौँ मिनेटमा युनाइटेडका ब्रुनो फर्नान्डेजले पेनाल्टीमार्फत् गोल गर्दै अग्रता दिलाएका थिए । तर, युरोपा लिगको स्पेसलिस्ट सेभियाले पहिलो हाफको २६ औँ मिनेटमा बराबारी गोल फर्कायो

दोस्रो हाफमा लुक डि योङले गोल गर्दै टोलीको जीत सुनिश्चित गरे ।

खेलमा युनाइटेडले गोलका लागि थुप्रै अवसर सिर्जना गरेको थियो । तर, गोल गर्न सकेन ।