जिन्दगी यस्तै होलाकी नहोला ? भारी बोकेर फेरिएको त्यो चोला !

भरिया भएर भारतको देहरादुन पुग्दा

नाम : रबिन्द्र न्यौपाने
जन्म : पलाँता १ खाँडा कालिकोट
संघर्ष : पलाँतादेखि भारतको देहरादुन हुदै सुर्खेतसम्मा
उमेर : ३१ बर्ष
पेशा : युवा उद्यमी (ब्यवसाय)
रहर : अब त समाज सेवा गर्ने

भारतको देहराधुन नेपालीहरुले भरिभराउ थियो । कोहि काम गरिरहेका भेटिन्थे त कोहि कामको खोजीमा भौतारीरहेका भेटिन्थे । यस्तै शिलशिलामा हजारौँ नेपालीहरुको भिडमा एउटा टिठ लाग्दो कालिकोटे ठिटो पनि मिस्सियो । मनमा सपनाको हुटहुटि र कौतुहुताका केहि पोका पन्थरा बोकेर पलाँताका अन्कन्टार खोला नाला भिड पार गर्दै देहराधुनको अँध्यारा गल्लिमा छिर्यो । गोजिमा चिया खाउँ भने सुक्को छैन । भोक लाग्छ भोक मेटाउने आधार छैन ।

सर भारतमा काम गर्न जानेहरुको पिडाको जिउदो कथा हुँ । के सुनाउँ भन्नुस ? सुर्खेत बिरेन्द्रनगरको ब्यस्त बजार गोलबजारमा थोक ब्यापार गरिरहेका रबिन्द्र न्यौपाने निक्कै ब्यस्त देखिन्छन् । कलकलाँउदो पातलो शरिर हर्लकै परेको जिउडाल कोहि उनको पसलको गेटमा पुगोस मन्द मुस्कानले स्वागत गरिहाल्छन् ।

लौ न हजुर के सेवा गरुँ ?  बोर्डमा लेखिए जस्तै गलैचा,बलांकेट, कुर्ता सुरुवालहरुको थोक ब्यापार बिरेन्द्रनगरमा राम्रैसंग जमाएका छन । ब्यापार र ब्यवहारको गजबको तालमेल मिलाएका उनि छोटै समयमा आफ्नो सपनाको खुटकिलो चढेको बताउँछन् ।

जेके बस्त्रालयको नामबाट उद्यम गरिरहेका न्यौपानेको जिन्दगीको फेहरिस्त भने खुब चाख लाग्दो छ ………
सपना छ सबैलाई धित मरुन्जेल खाजा खुवाउने । अरे यार गोजीमा पनि त हुनुपर्यो । रहर र सपना मात्रै भएर पनि नहुदो रहेछ हगि सर ? उनि अगाडि थप्छन् । कहिलेकाँहि यस्तो लाग्छ पैसा बिनाको के जिन्दगी ?

जिन्दगीका संघर्षका कथा सुनाउदा गम खान्छन् । खै कसरी जेके बस्त्रालय भनेर सुरु गरेँ र कसरी यहाँ पुगे ? उनि आफनो भोगाई प्रति बिश्वासै गर्दैनन् । उबेला कालिकोटे ठिटो हाल सुर्खेतका रबिन्द्र न्यौपाने उमेरले ३० को उकालो लागेका छन् । उनि आफ्ना जिवनको फेहरिस्त यसरी बयान लगाउछन ।

मधुरो देखिने बाको तस्विर र त्यो अभावको बाल्यकाल

घरमा पुरै पुग्ने पनि थिएन नपुग्ने पनि थिएन । ५ भाइ ३ दिदिबहिनीको कान्छो भाइको रुपमा म प्रकट भएँ । ७ बर्षको उमेरमा बाबाको निधन भयो । त्यसपछि जिन्दगीकाे कथा सुरू भयाे ।

सात बर्षको थिएँ बाबाको स्वर्गबास भयो । अल्सरका बिरामी बाको उपचार गर्न नसकेरै निधन भयो । संभवत बासंग भेटै भएन । बा कैलाली बस्थे उनि कालिकोटको पलाँता । पलाँता कालिकोटको सबैभन्दा दुर्गम थियो । त्यहि दुर्गममा …को भबिश्यको रेखा कोरिदै थियो । ५ भाइ ३ बहिनिको कान्छो छोरा रबिन्द्र न्यौपाने उनि सपनाको पनि कान्छै थिए । रहर टाइसुट लगाएर कलेज जाने थियो तर नियतीले त्यो भन्दैनथ्यो । नियती नाम्लो बोकेर भारी बोक्न जा भन्थ्यो । तर जिन्दगीका अनिगिन्ती रहरहरुले बेस्सरी थिचेका थिए ।

भरिया भएर भारतको देहरादुन पुग्दा

बा बितेपछि उनका अप्ठयारा दिनहरु सुरु भए । ठुला भैसकेका दाइहरु बिहे गर्दै घर छोडदै गर्न थाले उनको जिम्मामा आमा र घरको ब्यवस्थापन रहयो । पढाईलाई बिट मार्दै उनि भारतको देहरादुन पुगे । पहिलो पटक देहरादुन पुगेका उनि कामको खोजीमा भौतारीरहेका थिए । साथीहरुको संगतले धन्न भारी बोक्ने काम पाए । त्यहि कामबाट उनि पैसा जम्मा गरेर गलैचा बेच्न घरघर पुग्न थाले । देहराधुनमा निक्कै शारीरीक श्रम गरे । देहरादुनकाे भारी र पसिनाले जिन्दगीकाे सपनाकाे फुलबारी सञ्चित गरे । त्यहि परिश्रमका कारण उनि कराैँडाेकाे मालिक बने । 

मेहनतकाे फल सफल उद्यमी

मेहेनत र लगनशीलताले मानिसलाई सफल बनाउँछ । उनि सुर्खेत बिरेन्द्रनगरमा दुईदुईवटा थोक पसल चलाउँछन । जिन्दगीका अनेक सम्झौताहरुसंग संघर्ष गरेर आएका उनि आफुलाई छोटै समयमा सफल भएको दाबी गर्छन ।

केही समय अघिसम्म दुई छाक टार्न कठोर श्रम गर्नुपर्ने उनको जिवनमा परिर्बतन आएको छ । उनि आफ्नो मेहेनत र इमान्दारिताले आज सपना साकार भएकोमा सन्तुष्ट छन । सुर्खेतमा कराैँडाेकाे ब्यापार छ।  

मार्गनिर्देशक श्रीमती

कालिकोट नानीकोटकी जनपुरा न्यौपाने उनकी कर्मरेखा भएर उदाइन । सानै टुहुरी बनेकी जनपुराको कथा पनि रबिन्द्रको कथासंग मेल खान्थ्यो । संयोग कथाले दुबैको जिन्दगीको बाटो तय भयो । उनले नानीकोटकी जनपुरासंग बिहे गरे । बिहेपछि श्रीमतीलाई सुर्खेत भाडामा छोडेर कमाई गर्न भारत हान्निए । भारतको कमाई सुर्खेतको बसाई जिन्दगी जसो तसो चल्यो । तर मेहनतको डेग कसैगरी हल्लिएन ।

पुर्खाको सम्पती सबै दाईहरुले हत्याए । कान्छो भाइ रबिन्द्रका भागमा जम्माजम्मी १ लाख ५ हजार भाग पर्यो । त्यहि एकलाख लिएर सुर्खेत पुगेका उनको रकम ख्वाइ पियाईमा सकियो । फेरि बाँच्नको लागि पाखुरी बाहेक केहि भएन । उनि फेरि हान्निए भारत । भारतको देहरादुनमा पुरानै काम भारी बोक्न तिर लागे । पखेटामा कर्मका फुल उमारेका न्यौपाने गर्नु संघर्ष गरे । यता जुनकुमारीले पनि सिलाईकटाई सिकेर ब्यवसाय सुरु गरिसकेकी थिइन ।

एकदिन

जुनकुमारीले फोन गरेर भनिन बुढा जे गर्नु छ स्वदेशमासंगै रहेर काम गरौँ । संगै रहेर जिउने भनेका हामी बाच्नकैलागि यतिसम्मा टाढा हुनुपर्ने जरुरत छैन । आउनुस यतै सानो ब्यवसाय गरेर जिन्दगी गुजारौँ ।

श्रीमतीको बचन काटन नसकेका उनि तत्कालै नेपाल फर्किए । नेपाल पुगेर सुर्खेत बिरेन्द्रनगरमा ब्यवसाय सुरु गरे । ग्राहकहरु फकाउन माहिर न्यौपाने जोडीले छोटै समयमा मनग्गे आम्दानी गर्यो ।

बिस्तारै ब्यवसायको आकार बढाए । फुटकर ब्यवसायबाट थोकमा परिणत गरे । ५ हजारबाट सुरु गरेको ब्यवसाय करोडौँमा पुग्यो । श्रीमतीका कारण स्वदेश फिर्ता भएर ब्यवसाय गरेँ 

अब समाजसेवा पनि गर्छु

न्यौपाने आफुलाई जस्तै भारतीयहरुले भारी बोकेकै कारण हेपेको भएर नेपाल फर्केको बताउँछन् । बाध्यताले भारतीयहरुको हेपाइ सहनु परेको जिकिर गर्छन । कुनैपनि नेपालीलाई अरुको देशमा हेपिने रहर कहाँ हुन्छ र ? के गर्नु पेटको जोहो गर्न हेपिनै पर्ने बाध्यता जो छ । न्यौपाने अब समाजसेवामा फर्किने बताउछन् । उनि भन्छन् संघर्ष पनि जारी राख्छु । आफु जस्तै भारी बोकेर नफेरिएकाहरुको जिन्दगीको माला बन्छु ।