कविता

गरिबलाई पनि बाच्न देऊ यहाँ
उसलाई सुखमुख एक छाक खान देऊ
फटाहा मान्छे पैसाले जितेर आउँछ
निर्दोष ब्यक्ति हारेर सजाय पाउछ
पैसा चाहिन्छ अनि मात्र न्याय पाइन्छ
पैसा बिना हार कहलाइन्छ यहाँ
बिचरा १ सोझालाई बाच्न देऊ

बलेन गरिबको झुपडीमा आगो
कस्ले खोजी गर्ने सुत्केरीको भोको पेट किन चलेन
शोषक भ्रष्ट दलालहरु मोजमस्ती गर्ने
वाह १ कस्तो अचम्म गरिब भोकले तड्पिएर मर्ने
ए १ बुद्धि नभएका विद्वानहरु हो
मानिसलाई घृणा गर्छौ, कस्तो फल पाउछौ पुजा गरेर
बिचरा १ गरिबलाइ बाच्न देऊ

ती बुढी आमा आसु पुछ्दै भारी बोक्छिन
खानी बेला ढिडो खादै प्रदेशी छोरा लाई सम्झिन्छिन
गरिब भएकै कारण उपचार बिना तड्पिएर मर्नुपर्ने
कोरोनाको नाम जप्दै शासकहरु मोजमस्ती गर्ने
कठै १ तिम्रो कलाकारिता कानुन बनाउने अनि कराउने
बिचरा १ सोझालाई बाच्न देऊ

संरचना नक्कली छ शासक पनि नक्कली
नक्कलीका नक्कल देखि गरिब अतालिएका छन
गरिबलाई मार्ने,अपराधीलाई पाल्ने
आदरणीय जनता भनी भाषण गर्दै हिड्नेहरु
सुकुम्बासीका घरमा आगो लगाइ जलाउनेहरु
गोठमा आगो लगायौ भन्दै गरेका छन
बिचरा १ गरिबलाई बाच्न देऊ

ती सोझा गरिबहरु युगौ देखिका पीडा सम्झिएर
विबश भइ गाउँछन नाच्छन
के गर्छौ यहाँ यो संसार पुजिपती बर्गको हो
कठै १ वर बाच्ने आधार नै छैन अरुको
लुट्ने र कुट्नेहरु बलिया छन
भोको र नाङ्गो त्यहीँ सोझा छन
बिचरा १ गरिबलाई बाच्न देऊ

गरिबीको भजन गाएर कुर्ची प्राप्त गर्ने
घरका छानामा आगो लगाइ गोठ भन्ने
गरिबलाई थिच्ने,गरिबलाई मिच्ने,गरिबलाई चुस्ने
त्यतिले नपुगी तिनलाई जेलमा ठुस्ने
होसियार १ हौऔं तिमि दुखी निर्धन जनता जुर्मुराइसकेका छन
कति सहने भनेर देशका जनता सब उठ्ने छन ।।