गजल


समाजको बिकृती अनि विसंगति हटाउनु पर्छ
आउने पुस्तालाई सुन्दर समाजमा रमाउनु पर्छ ।

खाली तपाई अशान्तिका कुरा मात्र गर्नुहुन्छ
फेरि अर्को पल्ट यहाँ बुद्धत जन्माउनु पर्छ ।

आफुले आफैलाई परिबर्तन गरेरत हेर्नुस्
यसरी नै समाजलाई कायापलट बनाउनुपर्छ ।

भित्र(भित्रै आफ्नो हुकुम जमाउने भ्रष्ट्रचारिलाई
छानीछानी कानुनी कार्वाही गराउपर्छ ।

यदी जनताको स्तर उकास्ने नै हो भने
राजनैतिक पाटोलाई समेत सच्याउनु पर्छ ।