कोहलपुरमा पुन: लकडाउन, लकडाउन उलङ्घन गर्ने उद्योग वाणिज्य संघको चेतावनी

मेयर रावत भन्छन, लकडाउन रहरले हैन् वाध्यताले हो

कोहलपुर, कोभिड-१९ को महामारी समयदाय स्तरमै फैलिएको भन्दै कोहलपुर नगरपालिका क्षेत्रमा पुन लकडाउन गरिएको छ ।कोहलपुर नगरपालिकाले शनिवार एक सुचना जारी गरी भदौ ३२ गते देखि ५ गते राति १२ बजे सम्म लकडाउन जारी रहने जनाएको छ । लकडाउन लागू भए संगै कोहलपुर क्षेत्रका बिभिन्न सरकारी कार्यालयको साथै कोहलपुर बजार क्षेत्र पुर्ण रुपमा बन्द हुने भएका छन।

कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतको अध्यक्षमा बसेको सर्वपक्षिय बैठकले नगरपालिका कार्यालय, नगरपालिका अन्तर्गतका सम्पूर्ण कार्यालयहरु, वडा कार्यालय, बैंक तथा वित्तिय संस्था, सरकारी तथा गैरसरकारी संघसंस्था, होटल ब्यवसाय, अन्य ब्यापार ब्यवसाय, यद्योग कलकारखाना तथा हाटबजार आगामी भाद्र ५ गतेसम्मकालागि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीले जानकारी दिए ।

बिगत चार महिना देखिको निरन्तरको लकडाउन देशेरभर खुकुलो भए पनि बाँके जिल्लामा कोरोना संक्रमणको दर उच्च देखिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभर निषेधाज्ञा लागु गरेको थियो । १३ दिन लामो निषेधाज्ञा शनिबारदेखी हटाईएपछि कोहलपुर नगरपालिकाले नगर क्षेत्रमा पुन: लकडाउनको निर्णय गरेको हो ।

उद्योग बाणिज्य संघ भन्छ लकडाउन आबश्यक छैन :

कोहलपुर नगरपालिकाले गरेको लकडाउनको निर्णय प्रति कोहलपुर उद्योग बाणिज्य संघले असहमति जनाउदै आईतवार देखी कोहलपुर नगरपालिका क्षेत्रमा लागु गरिएको लकडाउन कार्यान्वयन गर्न नसकीने जनाएको छ ।
शनिवार उद्योग बाणिज्य संघको तर्फवाट अध्यक्ष चक्र बहादुर अधिकारी र महासचिव तेज प्रसाद अधिकारीले सयुक्त हस्ताक्षर गरी नगरपालिकाले गरेको उक्त निर्णयको खण्डन गर्दै नेपालगन्ज लगाएतका क्षेत्र खुल्ला रहँदा कोहलपुरमा लकडाउन गर्नुको कुनै अौचित्य नभएको बताईएका छन् ।
त्यस्तै ७ बुदे ध्यानाकर्षण पत्र जारी गर्दै संघले बिभिन्न सरकारी तथा निजि क्षेत्रको निर्माण कार्य सुचारु रहेको, अटोरिक्सा, मोटरसाईक्ल तथा साना सवारी साधन संचालनमा रहेको, नेपाली महिलाहरुको चाड तिज आउँदै गरेको र ब्यापारीहरुलाई बैंक ब्याज, घर बाहल कर र ब्यवसायीक करमा स्थानिय सरकारबाट कुनै राहत उपलब्ध नभएकाले नगरपालिकाद्धारा जारी लकडाउनप्रति वाणिज्य संघको असहमती रहेको ध्यानाकर्षण पत्रमा बताईएको छ । साथै उक्त ध्यानाकर्षण पत्रमा उल्लेख भएका विषयहरु पूर्ण रुपमा कार्यान्वयन नभए भाद्र १ गतेदेखी पूर्ण रुपमा ब्यापार ब्यवसाय संचालन गर्ने समेत चेतावनी दिईएको छ ।

मेयर रावत भन्छन, लकडाउन रहरले हैन् बाध्यताले हो :

कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रातवले लकडाउन रहरले नभएर बाध्यताले गरेको बताएका छन् ।
नगर भित्रका १४ वटै वडाका समुदायमा कोरोना फैलिसकेकोले रहरले नभई बाध्य भएर लकडाउन जस्तो कठोर निर्णय गर्नुपरेको बताएका छन् । साथै उक्त निर्णय उलङ्घन हैन् सवैले पालना गरेर सहयोग गर्नुपर्ने बताए ।

कुसे न्युजका प्रतिनिसंगको कुराकानिमा मेयर रावले उद्योग बाणिज्य संघ आफै सहभागी भएको छलफलबाट गरेको निर्णय बाहिर आएर मान्दैन् भन्नुले आफै अचम्मित परेको बताए ।
शनिबार मेरो अध्यक्षतामा बसेको बैठकमा विभिन्न राजनितीक दलवाट आबद्ध जनप्रतिनिधि, सरोकारवाला निकाय र प्रशासन सहितको छलफलमा उद्योग बाणिज्य संघको समेत सहभागीता थियो, मेयर रावत भन्छन् ।
साथै ‘पछि उहाँहरु बाहिर आएर आफै सहभागी भएको निर्णय उलङ्घन गर्ने भन्ने खालको कुरा गर्नु भएछ, त्यो राम्रो होइन् । यति वेला तिज लगायतका चाडवाडहरुमा मानिशहरुको भिडभाड अत्याधिक बढने भएकोले नगरेले सबै पक्षसंग छलफल र सल्लाह गरेरनै उक्त निर्णय गरेको हो ।’
त्यस्तै नेपालगन्ज खुल्ला छ कोहलपुरमा मात्र बन्द किन ? भन्ने जस्तो तर्क वैज्ञानिक नहुने भन्दै मेयर रावतले आफ्नो नगरको वस्तुस्थिति र परिस्थितिको आकलन गरेर नै निर्णय लिएको बताए । उनले यसको अनावस्यक रुपमा विरोध गर्नु भन्दा सवै मिलेर कोभिड-१९ बिरुद्ध एकताबद्ध भएर लडन पर्ने बताए ।