तिज विशेष गजल

आँखा भरि आँसु दिदी झारी नरुनु है
दिनरात शुन्य दिदी पारी नरुनु है ।

यस्तै भयो यो वर्ष लिन आउन पाइन्
माइती घरको माया दिदी मारी नरुनु है ।।

सिरानीको खोल भिजला आँसु बग्दा खेरी
दायाँ बायाँ टाउको दिदी सारी नरुनु है ।।

टाढा छु आउन नपाएनी जानू दिदी माइतिमा
बाहानामा चाडलाई दिदी टारी नरुनु है ।।

माला भएको मेरो तस्विर भित्ता भरी होलान्
निस्ठुरी भाई भन्दै दिदी उतारी नरुनु है ।।

दैलेख, हाल जुम्ला