बुटवलमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु
प्रकासित मिति : २०७७ श्रावण ३१, शनिबार १३:४२
प्रकासित समय : १३:४२
काठमाडौं , बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर ७ का ४० वर्षीय पुरुषको मृत्यु भएको हो ।
साउन २९ गते सामान्य ज्वरो खोकी लागेर उपचारका लागि अस्पताल पुगेका ती पुरुषमा उपचारको क्रममा कोरोना पुष्टि भएको थियो । शनिबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । ती पुरुषलाई आइसीयूमा राखेर उपचार गरिएको थियो ।