पहिरो पिडितहरुलाई तत्काल उचित बासको प्रबन्ध गर्न कांग्रेस सभापति देउवाको माग

काठमाडौं , प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सिन्धुपाल्चोक र कालिकोटमा पहिरोका कारण घरवास गुमाएकाहरुलाई तत्काल सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न सरकारसँग माग गरेका छन् ।देउवाले शुक्रबार ट्वीटरमार्फत सिन्धुपाल्चोक र कालिकोटका पहिरो प्रभावित उचित बासको प्रवन्ध मिलाउन माग गरेका हुन् ।

पहिरोबाट प्रभावित परिवारलाई आवश्यक क्षतिपूर्ति दिन पनि सरकारसँग देउवाको आग्रह छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी र कालिकोटको महाबै गाउँपालिका–३ मा गएको पहिरोमा परी बेपत्ता भएका व्यक्तिहरुको जतिसक्दो चाडो उद्धार गर्न म सरकारसँग माग गर्दछु । सभापति देवावाले लेखेका छन ।

साथै पहिरोमा परी घाइते भएकाहरुको तत्काल उपचार गर्ने प्रवन्ध मिलाउन पनि अनुरोध गर्दछु देउवाले ट्वीटमा भनेका छन । पहिरोमा परेर ज्यान गुमाएकाहरुप्रति श्रदाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।