सिन्धुपाल्चोक जुगल पहिरो अपडेट ११ जनाको शव फेला

२७ जना अझै बेपत्ता

सिन्धुपाल्चोक, सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा परी बेपत्ता भएका ३८ मध्ये ११ जनाको शव फेला परेको छ ।

हालसम्म पहिरोमा पुरिएकामध्ये पाँच बालक, दुई महिला र चार पुरुष गरी ११ जनाको शव निकालिएको वाग्मती प्रदेश प्रहरी कार्यालयका एसएसपी सुदीप गिरीले जानकारी दिएका छन् ।

अझै २७ जना अझै बेपत्ता भएको अनुमान गरिएको छ । गिरीको अनुसार पहिरोले ३७ घरमा क्षति पुगेको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २, लिदीमा शुक्रबार बिहान पहिरो जाँदा ठूलो जनधनको क्षति भएको हो ।