उपत्यकाका पुन थपिए ११९ जना संक्रमित

काठमाडौँ , काठमाडौं उपत्यकामा थप १ सय १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अुनसार काठमाडौं जिल्लामा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ।