आज थप ५ सय ९४ कोरोना भाइरस सक्रमित पुष्टि २ सय ४० जना डिस्चार्ज

काठमाडौँ , नेपालमा आज थप ५ सय ९४ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १७ हजार ७७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २ सय ४० जना उपचारपछि डिस्चार्ज भएका छन् ।