त्रिवि शिक्षण अस्पतालमा थप ८ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित

संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या २६

काठमाडौँ, महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा थप ८ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन ।अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासले शुक्रबार आएको रिपोर्टमा बिहान ४ र अहिले दिउँसो ४ जना गरी ८ जना स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको बताए ।

उनले भने, संक्रमितमा १ जना चिकित्सक र अरु ७ जना नर्स रहेका छन् ।योसँगै त्रिवि शिक्षण अस्पतालमा संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या २६ पुगेको छ।