आज सुनको मुल्यमा पुन बृद्धि

काठमाडौं , शुक्रबार नेपाली बजारमा सुनको मूल्य बृद्धि भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोलामा ८ सय रुपैयाँले बढेर ९८ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

सुन बिहिबार पनि दुई हजार ४ सय रुपैयाँले बढेको थियो ।आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी प्रतितोलामा ६० रुपैयाँले बढेर एक हजार ३ सय ५५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।