१३ औँ सागमा पाकिस्तानका तीन पदक खोसियो

काठमाडौं ,  १३ औँ दक्षिण एसियाली खेलकुदमा पाकिस्तानले जितेका दुई स्वर्णसहित तीन पदक खोसिएको छ ।ट्रयाक एण्ड फिल्डको १ सय १० मिटर हडल्समा स्वर्ण विजेता मोहम्मद नइम, ४ सय मिटरका स्वर्ण विजेता मेहबुब अली र सय मिटरमा कास्य विजेता समी उल्लाहको पदक खोसिएको हो ।

डोपिङ परिक्षणमा असफल भएपछि तीनै जनाको पदक खोसिएको हो । साथै, उनीहरुमाथि चार वर्षको प्रतिबन्ध लगाइएको छ ।वाडाले खेलाडीमा स्याम्पल ए टेष्टमा पोजेटिभ भेटिएपछि स्याम्पल बी टेष्टको लागि आग्रह गर्दा तीनै जनाको फेरि पोजेटिभ देखिएको र खेलाडीहरुले पनि त्यसलाई स्वीकारेको हुँदा तीनै खेलाडी २०१९ डिसेम्बर २ देखि २०२३ डिसेम्बर २ सम्को लागि निलम्बन गरिएको नेपाल ओलम्पिक कमिटीले विज्ञप्तिमार्फत जनाएको छ ।

तीनै खेलाडीले प्रतिबन्धित औषधि सेवन गरेको र कतारको राजधानी दोहास्थित एन्टी डोपिंङ ल्याबमा परीक्षण गरिएको थियो ।