मेरो मगन्ते मित्र

कविता

मेरो एउटा साथी छ
जब जब म
नया कपडा
नया पेन्ट
टिसर्टमा सेन्ट
र मख्लर लगाएर
घरबाट चोकसम्मको सफरमा हिन्छु
जब म
बेहुलो झै सजिएर सुन्दर भएर
बजार निस्किन्छु

तब उ दङ्ग परेर मलाई
टाउकोदेखि
शरिरसम्म हेर्छ
सिरदेखि पुच्छरसम्म हेर्छ
तलदेखि उपरसम्म हेर्छ
उ मलाइ यसरी हेर्छ
र सट्टामा मेरो कपडासङ्ग
तेरो कपडा टालुम भन्छ
म हुदैन भन्छु
उ उसो भा एकछिन लाउन देन त भन्छ

हरेकदिन लगातार उ मागिरहन्छ
हरेकदिन बारम्बार म भागिरहन्छु

निरन्तर हार खाएर
ऐले म यो सोचिरहेछु यार
कत्तै उस्ले भोलि मेरि स्वास्नी त माग्ने हैन ?