मृत्यपछि कोरोना पुष्टि भएका अछामका एक पुरुषको यसरी गरियो अन्त्यष्टि(तस्विर सहित)

कोहलपुर, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएका अछामका एक जना पुरुषको आज अन्त्यष्टि गरिएको छ ।आईतबार उपचारको क्रममा मृत्यु भएका अछामको चौरपाटी गाउपालिका वडां नं. ५ का ५० वर्षीय पुरुषको सोमबार मात्रै कोरोना पुष्टि भएको भएको हो ।

कोराना संक्रमण पुष्टि भए संगै उनको बाँकेका सबै शुरक्षा प्रमुखहरुको उपस्थितिमा विशेष सुरक्षा सहित अन्त्यष्टि गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले आफ्नो सामाजिक संञ्जाल फेसवुकबाट जानकारी दिए ।