अन्योल

कविता

कुन मुस्कुराई हो यो तिम्रो
मेरो मौनता नै भंग गराउने
कुन हेराई हो यो तिम्रो
मेरो नजर नै टक्क अड्याउने
हेर कायलै भएँ म त
कस्तो लजाई हो तिम्रो
मेरो संसार नै गुमनाम गराउने ।

कस्तो संक्रमण हो तिम्रो
नजर ठोक्किदै भाइरस सर्ने
के को लक्षण हो यो
एकान्तमा पनि आफै हाँसो लाग्ने
हेर पूरै विमार छु म त
कस्तो रोग हो तिम्रो
तिमी बाहेक अरु सबै बिर्साउने ।

के भनि वर्णन गरौँ तिम्रो
शब्द सबै हल्का लाग्यो
के भनि बोलाउ तिमीलाई
साइनो सबै टाढा लाग्यो
तै भएर अन्योलमा छु म त
के को सवारीमा छिरौँ घर तिम्रो
घोडा चढ्ने कि मनोरेल मात्रै गुडाउने ।

रोङ-४, इलाम