फेरि किष्ट अस्पतालमा कोरोना संक्रमित १ महिलाको मृत्यु

मृत्यु हुनेको कुल संख्या ८० पुग्यो

काठमाडौँ, ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा उपचाररत काभ्रे पाँचखालकी ५० वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले ती महिलाको सोमबार बिहान ९ बजे मृत्यु भएको जानकारी गराए । उनको सोमबार कोरोना पुष्टि भएको हो ।

मृतक महिलालाई निमोनिया तथा छातीको संक्रमण रहेको थियो । उनी भेन्टिलेटरमा उपचाररत थिइन् ।उनी साउन २५ गते अस्पतालमा भर्ना भएकी थिइन् । यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८० पुगेको छ ।