जातीय विभेद् बिरुद्ध चलचित्र “काँडाको बाटो” निर्माणको घोषणा

 दाङ , जातीय विभेद् एवं छुवाछुत बिरुद्ध चलचित्र “काँडाको बाटो” निर्माणको घोषणा गरिएको छ ।  समाजमा सदिऔं देखि जरा गाडेर बसेको समाजको कलंकको रुपमा रहेको जातिय विभेद् एवं छुवाछुत तथा जातिय सद्भाव कायम गर्ने उद्देश्यका साथ नेपाली कथानक चलचित्र “काँडाको बाटो” निर्माण हुन लागेको जातिय विभेद एवं छुवाछुत अन्त्यका लागि राष्ट्रिय संजालका केन्द्रिय अध्यक्ष बिष्णुकुमार देवकोटाले जानकारी दिनुभएको छ ।

“दलित समुदाय र गैह्रदलित एवं दलित समुदाय भित्रैपनि रहेको छुवाछुत र जातीय विभेदलाई समेटेर चलचित्र निर्माण गरीने छ ” देवकोटाले भन्नुभयो ।  सामाजिक सचेतना अभिबृद्धिगर्दै समाजमा जातिय सद्भाव कायम गर्नै उदेस्यले चलचित्र निर्माण गरीने निर्माण पक्षले जनाएको छ । 

चलचित्र बिकास बोर्डबाट स्विकृति लिई राष्ट्रव्यापि प्रदर्शनमा आउने चलचित्र “काँडाको बाटो”को निर्माण उद्योगपति एवं समाजसेवी खड्ग बुढाथोकी, सफल व्यवसायी एवं समाजसेवी अभियान बस्नेत, सफल व्यवसायी एवं उद्योगपति जगदिश सोनी, सफल व्यवसायी एवं समाजसेवी पुष्कर के.सी., जातिय विभेद एवं छुवाछुत अन्त्यका लागि राष्ट्रिय संजालका केन्द्रिय अध्यक्ष बिष्णुकुमार देवकोटा, सुगम संगित गायक शरद् समिप, आभुषण व्यवसायी एवं कलाकार चुर्ण सेर्पाईली (धुव)ले गर्नुहुने भएको छ । 

चलचित्रमा रीतेश ह्यान्कक, बिराज पौडेल, ज्याकलिन रोकाया, सुमित्र गिरी, लक्ष्मि गौतम, ईशा गुरुङ्ग लाई अनुबन्धीत गरिएको छ । बाँकी कलाकार छनौट प्रकृया जारी रहने निर्माण पक्षले जनाएको छ ।  निर्दैशक अंकित डि.सी.को निर्दैशनमा चलचित्र निर्दैसित हुने छ ।
चलत्रिच प्रदेश नं ५ का विभिन्न जिल्लाहरुमा छायाँङ्कन गरीने निर्माण पक्षले जनाएको छ । चलचित्रमा द्वन्द्व रोजन रोकाको रहने छ । चलचित्रमा शरद् समिपका गितहरुलाई समेटिने छ ।  गैह्र दलित र दलित एसैगरी दलित र दलित भित्रैका युवायुवतिहरुको प्रेम मार्फत साँकेतिक रुपमा दलितसमुदायहरुले भोग्नुपरेको पिडालाई पर्दामा उतारीने छ ।