कोरोना संक्रमणबाट आज ४ जनाको मृत्यु

काठमाडौँ , नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।सोमबार मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।

मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका १५ भेडियाहि बस्ने ४५ वर्षिया महिला रहेकी छन् । यिनमा कोरोना अस्पताल गण्डकमा मृत्युपछि गरिएको कोरोना परिक्षणमा संक्रमण पुष्टि भएको हो । श्वासप्रश्वासको समस्या देखिएपछि महिलालाई भेन्टिलेटरमा उपचार गर्ने क्रममा मृत्यु भएको थियो ।

यस्तै, बाँकेमा कोरोना संक्रमणका कारण एक वृद्धाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुर बाँकेमा उपचाररत कोहलपुर नगरपालिका–२ की ७० वर्षीया वृद्धाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । उनको आइतबार दिउँसो मृत्यु भएको थियो । ती वृद्धाको शुक्रबार स्वाब लिइएको थियो । निमोनियाको लक्षण देखिएकी उनमा स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

अहिलेसम्मा नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या जम्मा ७९ पुगेको छ ।