थप ३३८ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या २३ हजार ३१०

१६ हजार ४९३ डिस्चार्ज

काठमाडौँ, पछिल्लो २४ घण्टामा देशभर ३३८ जनामा कोरोना पुष्टि भएको छ। योसहित हालसम्म नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २३ हजार ३१० पुगेको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या २३ हजार ३१० पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १६ हजार ४९३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १४० जना उपचारपछि डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा ८ हजार ४३२ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ। हालसम्म देशका विभिन्न प्रयोगशालामा ४ लाख ५२ हजार २३६ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ७३८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। हाल देशका विभिन्न क्वारेन्टिनमा १० हजार ७५९ जना बसिरहेका छन्।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त भएर १४० जना डिस्चार्ज भएका छन्। योसहित अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १६ हजार ४९३ पुगेको छ।। मुलुकभर ६ हजार ७३८ सक्रिय सङ्क्रमित छन् । विगत २४ घण्टामा जनामा ४ हजार आठ सय ३२ जनामा गरिएको पिसीआर परीक्षण गरिएको छ ।