दुबै मृगौला पिडित रानाद्धारा आर्थिक सहयोगको अपिल

सुर्खेत, सुर्खेत दुबै मृगौला पिडित लेकबेसी नगरपालिकाका चन्द्रबहादुर रानाले आर्थिक सहयोग गरिदिन आग्रह गरेका छन ।

सुर्खेत दशरथपुर टाडी र तत्कालीन बसाइ बैजनाथ गाउँपालिका वडा नम्बर ५ मा बस्दै आएका चन्द्रबहादुर रानाले दुबै मृगौला फेल भएर उपचारको  थप गर्न नसकेको भन्दै आर्थिक सहयोग गरिदिन आग्रह गरेका हुन ।  

घरको आर्थिक स्थिति निकै कमजोर रहेकोले सहयोग गरिदिन बिरामीका दाइ राम बहादुर रानाले जानकारी दिएका छन । रानाका अनुसार उनको अहिले डाइलोसिस भैरहेको छ । पिडितको अहिले बिर अस्पतालमा डाइलोसिस भैरहेको बताइएको छ । 

मृगौला पिडित रानाको  प्रत्यारोपन गर्न आर्थिक अभाव हुदा सबैसंग सहयोगको अपिल गरेको  कुरा उनको परिबारले बताएको छ  । पिडित रानाको उपचारको लागि खर्च जुटाउन निकै हम्मेहम्मे भएको उनिहरुको भनाइ  रहेको छ ।

आर्थिक स्थिति कमजोर भएको हुदा सबैको सहयोगको लागि पिडित रानाको परिबारले आग्रह गरेका हुन । सहयोग गर्न चाहानेका लागि  मोबाईल नम्बर ९८१०२४४११२ आबश्यक परेको खण्डका मो नं ९८६८११६१४७ मा सम्पर्क गरि सहयोग गरिदिन अनुरोध गरेका छन ।