कोरोना संक्रमणबाट ललितपुरमा उपचाररत एक पुरूषको मृत्यु

काठमाडौँ, कोरोना संक्रमणबाट ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत एक पुरूषको मृत्यु भएको छ ।ललितपुर जिल्ला जनस्वास्थ्य प्रमुख खगेश्वर गेलालका अनुसार किर्तिपुर ट्याङ्लाफाँट निवासी ६४ वर्षीयको सोमबार बिहान मृत्यु भएको हो ।

उनलाई गत साउन १५ गते भर्ना गरिएको थियो । स्वाब लिई परीक्षण गर्दा ती पुरूषमा कोरोना पुष्टि भएको हो ।उनी निमोनिया र मधुमेहको रोगी पनि थिए । मृतकको शव सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ ।