एकपटक सोध आमालाई कति दुखेको छ

गजल

पहाडहरु भत्किएका छन, तराई डुबेको छ ।
एकपटक सोध आमालाई कति दुखेको छ ।

प्रकृतिले भुइँमान्छेलाई विक्षिप्त बनाईरहदा,
उद्वार गर्न यो सरकार खै कता चुकेको छ !

बालुवाटारमा नेता ज्यु ! उखानमै भुल्नुभएछ,
दुरदराजमा कोभिड र भोकमरी पुगेको छ ।

हजारौको अमुल्य बलिदान बिर्सेर नेतृत्वले,
अयोध्या र रामराज्य निर्माणमा जुटेको छ ।

हाम्रो पबित्र भुमि उपर बैरि-नजर लागेदेखि,
नेपालीको हृदयमा तिखो काँडा उब्जेको छ ।