वीरगन्जमा कोरोनाबाट थप एक महिलाको मृत्यु

वीरगन्ज,पर्साको वीरगन्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–१५ भेडियाही बस्ने ४५ वर्षीया महिलाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको हो ।

उनको शनिबार राति नारायणी कोरोना विशेष अस्पताल गण्डकमा उपचारको क्रममा मृत्यु भएको थियो । मृत्युपछि आइतबार स्वाव संकलन गरेर गरिएको परिक्षणमा उनमा कोरोना पोजिटिभ देखिएको अस्पतालका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

पहिलेदेखि नै उच्च रक्तचाप र थाइराइडको समस्याबाट ग्रसित उनलाई श्वास प्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल ल्याइएको थियो । गम्भिर अवस्थामा अस्पताल ल्याइएकाले विरामीलाई बचाउन नसकिएको डा सिंह बताए ।