भारतको राजस्थानमा एकै परिवारका ११ जनाको मृत्यु

एजेन्सी,पाकिस्तानबाट भारतको राजस्थानमा आएका एकै परिवारका ११ जनाको मृत्यु भएको छ ।

जोधपुर जिल्लाको देचू थाना क्षेत्रको खेतमा उनीहरुको शव भेटिएको स्थानीय भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको बताएको छ । घटनास्थलबाट किटनाशक औषधि भेटिएका र मृत्युको कारण पारिवारिक कलह हुन सक्ने प्रहरीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

आइतबार ११ जनाको शव खेतमा भेटिएपछि प्रहरी त्यहाँ पुगेको थियो । झण्डै ८ वर्ष पहिले पाकिस्तानको सिन्ध प्रान्तबाट आएका उनीहरु आदिबासी भील समुदायका हुन् । सो परिवारले खेत भाडामा लिएर खेती गर्दै आएका थिए ।

३७ वर्षका एक जना केवल राम जीवित रहेकाले उनीबाटै घटनाको रहस्य खुल्न सक्ने प्रहरीले जनाएको छ । मृतक केवल रामका आमाबुवा, एक भाइ, तीन बहिनी, एक छोरी र दुई छोरा तथा उनका हजुरबुबा रहेको जनाइएको छ ।