बुटवल खानेपानी संस्थानका प्रमुख घुससहित पक्राउ

बुटवल, नेपाल खानेपानी संस्थान बुटवलका कार्यालय प्रमुख सन्तोष साह घुससहित पक्राउ परेका छन्।

इन्जिनियर समेत रहेका साहलाई धादिङको धुनिबेंसी नगरपालिका–८ खानीखोलाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार पक्राउ गरेको हो।

केन्द्रीय कार्यालय टंगालबाट खटिएको अख्तियारको टोलीले उनको साथबाट स्रोत नखुलेको २ लाख ३३ हजार ५ सय रुपैयाँ नगद र बैंकमा रकम जम्मा गरेको ८ लाख २२ हजार रुपैयाँको भौचर बरामद गरेको हो । पक्राउ परेका उनलाई काठमाडौंको ल्याएर थप अनसन्धान गरिराखिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।