बाँकेमा दुई चिकित्सकसहित १५ जनामा पुष्टि

बाँके ,बाँकेमा दुई चिकित्सकसहित थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालगन्ज मेडिकल कलेजबाट संकलन गरिएको स्वावको परीक्षण गर्दा दुईजना चिकित्सकमा भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमित महिला चिकित्सक हुन् ।

यसअघि मेडिकल कलेजमा कार्यरत महिला चिकित्सकलाई नै भाइरस पुष्टि भएको थियो । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बाँकेका १५ जनामा भाइरस संक्रमण पुष्टि हुने क्रममा चिकित्सक पनि परेका हुन् ।

यस्तै वडा कार्यालयका थप प्रहरीमा पनि भाइरस संक्रमण पुष्टि भएको छ । बाँकेको डुडुवा गाउँपालिकाका तीनजना संक्रमित थपिएका छन् । भेरीमा गरीएको परीक्षणमा कैलालीका दुई, दाङ, बर्दिया र सल्यानमा एक–एकजना गरी सोमवार २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।