गण्डकीमा थप ८ जनामा कोरोना पुष्टि

काठमाडौं, गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले एक विज्ञप्ती मार्फत थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

प्रादेशिक क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा ५ जिल्लाका ८ जना संक्रमित थपिएका हुन् । उनीहरूमध्ये नवलपरासी पूर्वका २ जना, पर्वत र स्याङ्जाका १/१ जना तथा तनहुँ र कास्कीका २/२ जना रहेका छन् ।