मेडिकल कलेज कोहलपुरमा संक्रमित महिलाले जन्माइन् शिशु

बाँके, बाँकेकी एक कोरोना संक्रमित महिलाले शिशुलाई जन्म दिएकी छन् । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा रुकुम चौरजहारीकी ३९ वर्षीया महिलाले शिशुलाई जन्म दिएकी हुन् ।

शल्यक्रिया गरी जन्मिएको शिशुको तौल दुई किलो सात सय ५० ग्राम छ । आमा र शिशु दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका डा. दिनेश श्रेष्ठले जानकारी दिएका छन् ।

शुक्रबार भेरी अस्पतालमा भर्ना भएकी उनलाई ज्वरो आएपछि कोरोना परीक्षण गरिएको थियो । परीक्षणमा संक्रमण देखिएपछि उनलाई नेपालगञ्ज मेडिकल कलेज रिफर गरिएको थियो ।

सात जना स्वास्थ्यकर्मीको टोलीले महिलाको शल्यक्रिया गरेका थिए । शल्यक्रिायमा संलग्न चिकित्सकसहित सबै स्वास्थ्यकर्मी अहिले आइसोलेसनमा रहेका डा.श्रेष्ठले बताए ।