इन्जिनीयर घुस सहित पक्राउ

काठमाडौं , नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख इन्जिनीयर सन्तोष साह घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निजलाई दुई लाख ३३ हजार ५०० नगद र बैंकमा जम्मा गरेको आठ लाख २२ हजारको भौचरसहित आइतबार अपराह्न धादिङको धुनिबेंसीबाट पक्राउ गरेको हो ।

अभियुक्तले खानेपानी शाखा कार्यालयका सेवाग्राहीसँग घुस बापतको रकम उठाएर काठमाडौं आएको सूचनाका आधारमा आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको आयोगले आज जनाएको छ । प्रवेशमा कडाइ, एम्बुलेन्स र दमकलबाहेक केही पनि छिर्न नदिइने