अछाममा लुकाएर राखेको अवस्थामा बन्दुक भेटियो

अछाम, जंगलमा लुकाईछिपाई राखेको अवस्थामा एक थान भरुवा बन्दुक भेटिएको छ । जिल्लाको साँफेबगर नगरपालिका ८ स्थित चिउरिनालो गाउँको माथिल्लो जंगलमा वेवारिसे अवस्थामा उक्त बन्दुक भेटिएको हो ।

ईलाका प्रहरी कार्यालय बयालपाटा बाट खटिएको प्रहरीको गस्ती टोलीले गस्ती गर्ने क्रममा साँफेबगर नगरपालिका वडा नम्बर ८ स्थित चिउरीनालो गाउँको माथिल्लो जंगलमा रहेको ओडारमा लुकाई छिपाई राखेको एक नाले एक थान भरुवा बन्दुक वेवारिसे अवस्थामा फेला पारेको बताईएको छ ।

उक्त बन्दुक कस्ले राखेको भन्नेकुरा अझै खुल्न नसकेको र प्रहरीले थप अनुसन्धान गरीरहेको जिल्ला प्रशासन कार्यालय अछामका सुचना अधिकारि रमेश रमेश दत्त अवस्थीले जानकारी दिए ।