कोरोनासँग मिल्ने लक्षण देखिएका २ पुरुषको मृत्यु

काठमाडौँ, धनुषामा कोरोनासँग मिल्ने लक्षण देखिएका २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मिथिला विहारी नगरपालिका ५ का ४५ वर्षीय पुरुष रहेका छन् । जनकपुर स्थित विनयतारा फाउण्डेशनमा सेक्युरिटी गार्डको रुपमा कार्यरत सो पुरुषलाई करिब एक सातादेखि रुखाखोकी, टाउको दुख्ने लगायतको समस्या देखिएको थियो । हाल उनको शव सोही अस्पतालमा राखिएको छ ।

यस्तै, धनुषाकै शहीद नगरपालिका–८ का ५० वर्षीय पुरुषको पनि मृत्यु भएको छ । श्वास प्रश्वासमा समस्या देखिएका उनको जनकपुरधामस्थित काव्य अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनीहरु दुवै जनाको कोरोना परिक्षणका लागि स्वाब संकलन गर्ने काम भइरहेको बताइएको छ ।