विप्लव समूहका चार कार्यकर्ता पक्राउ

सुर्खेत, सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका चार कार्यकर्ता पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जुम्ला जिल्ला सचिव राजबहादुर भाम, क्रान्तिकारी विद्यार्थी युनियन दैलेख जिल्ला अध्यक्ष उदय विक, कार्यकर्ता नन्द तिरुवा र सपना बुढा रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

भाम, तिरुवा, बुढा जुम्लाको तिला गाउँपालिका–७ घोडेगाउँ र विक दैलेखको आठबिस नगरपालिका–६ बाट प्रक्राउ परेका हुन्। उनीहरूबाट चन्दा उठाउने रसिद, विप्लव नेकपाको सदस्यता रसिदलगायतका समग्री बरामद लिइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवत्ता राजेशनाथ बाँस्तोलाले जानकारी दिए।